जिन्दगी खेलौना जस्तै भयो


जिन्दगी खेलौना भयो नाच्नु अब कस्का लागि ?
यो जीवन व्यर्थै यहाँ मास्नु अब कसका लागि ?

धेरै चोटी मरिसकेँ आफू आफूमै जलिकन,
यो दुःखी जीवन बाँच्नु अब कस्का लागि ?

आँखा भरी आँसु ल्याई रोइरहेछु एक्लै,
ओठमा मुस्कान ल्याई हाँस्नु अब कस्का लागि ?

पटक पटक चुडिसक्यो जिउँने आशाका डोरी,
फेरि आज जिउँने डोरी गाँस्नु अब कस्का लागि ?

आफ्नो भन्नु नै पराई भईदिए आज यहाँ,
मुटुभरी माया प्रेम साँच्नु अब कस्का लागि ?

प्रकाशित: क्रान्तिकारी हातहरु संयुक्त गजल संग्रह - २०६७ पौष
- मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'