कति मज्जा हुन्थ्यो होला


मेरो जीवनमा तिमी आईदिए कति मज्जा हुन्थ्यो ।
हरपल मेरै सामु छाईदिए कति मज्जा हुन्थ्यो ।।

यो दुःखी प्रेमीको विरही जीवनमा तिमीले मात्र,
सधै पिरतीको गीत गाईदिए कति मज्जा हुन्थ्यो ।

कसैको माया नपाएर नड्पीएको यो प्रेमीसंग,
जुनी जुनी साथ दिने बाचा खाईदिए कति मज्जा हुन्थ्यो ।

ठूला ठूला महल छैनन् मेरो मायाको झुपडी छ,
विश्वास मानी मेरै घर धाईदिए कति मज्जा हुन्थ्यो ।

अरुसंग हाँस् बोल त्यसमा केही आपत्ति छैन,
यो मनसंग चोखो माया लाईदिए कति मज्जा हुन्थ्यो ।

प्रकाशित: क्रान्तिकारी हातहरु संयुक्त गजल संग्रह - २०६७ पौष
- मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'