म रुन्छु तिमी हाँस्छौ भने ।
म मर्छु तिमी बाँच्छौ भने ।।
कोईलीको मधुर भाखासंगै,
म हेर्छु तिमी नाच्छौ भने ।
चुदिएको जिन्दगीको फूलको माला,
म टिप्छु तिमी गाँस्छौ भने ।
यो मनको माया त्यो मनमा,
म दिन्छु तिमी साँच्छौ भने ।
मेरो फोटो तिम्रो दिलमा,
म दिन्छु तिमी टाँस्छौ भने । ।
प्रकाशित: क्रान्तिकारी हातहरु संयुक्त गजल संग्रह - २०६७ पौष
- मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'
म मर्छु तिमी बाँच्छौ भने ।।
कोईलीको मधुर भाखासंगै,
म हेर्छु तिमी नाच्छौ भने ।
चुदिएको जिन्दगीको फूलको माला,
म टिप्छु तिमी गाँस्छौ भने ।
यो मनको माया त्यो मनमा,
म दिन्छु तिमी साँच्छौ भने ।
मेरो फोटो तिम्रो दिलमा,
म दिन्छु तिमी टाँस्छौ भने । ।
प्रकाशित: क्रान्तिकारी हातहरु संयुक्त गजल संग्रह - २०६७ पौष
- मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'