माया गर्न योग्य कहाँ छु र म


तिमीलाई माया गर्न योग्य कहाँ छु र म ?
तिम्रो लागि फूल छर्न योग्य कहाँ छु र म ?

बगैँचाकी फूल तिमी स्वर्गकी अप्सरा नै हौ,
तिम्रो लागि जुन झार्न योग्य कहाँ छु र म ?

तिमी त सुखमा हुर्केकी म त दुःखमा हुर्केको,
तिमीलाई खुसी पार्न योग्य कहाँ छु र म ?

तिमी पर्यौ धनी बावुकी एक्ली छोरी,
गरिब परे तिम्रो सिउँदो भर्न योग्य कहाँ छु र म ।

प्रकाशित: क्रान्तिकारी हातहरु संयुक्त गजल संग्रह - २०६७ पौष
- मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'