कथा: मेरी आमा...

मेरी आमा नौ महिना कोखमा राखी दुख कष्ट अनि पीडालाई लुकाएर यस धर्तीमा हामी दुई जुम्ल्याहा सन्तानलाई जन्म दिनु भयो । हामीलाई काखमा च्यापेर दाउरा-घाँस, वन-पाखा अनि उकाली-ओरालीहरु गर्दै आफ्नो जीवन गुजारा गर्दै सन्तानको खुशी हेर्नको लागी कति दुख कष्टहरु सहनुभयो होला, आमा तपाईं साच्चिकै महान हुनुहुन्छ । कहिले काही त म सोच्ने गर्छु, मेरी आमा सायद दुख झेल्नको लागि यो धर्तीमा जन्म लिनु भएको थियो होला । ताते-ताते गराउदै हिद्न सिकाउनु भयो आफुले खाई नखाई हामी दुई सन्तानलाई दूध चुसाउनुभयो आमा तपाईको माया साच्चिनै अपरमपार छ ।

बैगुनीलाई गुनले मार्नु पर्छ भने जस्तै विहान झिसमिसैमा उठेर घरधन्दा सुरू गर्नु भन्दा पहिले नै छोराको लागि खाजाको ब्यवस्था गरिदिनुहुन्थ्यो। यसरी नै मेरी आमाको दैनिकी सुरूवात हुन्थ्यो । मैले १ कक्षा देखि अध्यन गर्दै १० कक्षा उतिर्ण गरे । म एक्लो सन्तान भएको कारण मलाई कुनै कुराको कमि थिएन, केही काम पनि गर्न दिनुभएन छोरालाई दुख होला कि भनेर मेरी आमा बिरामीसङ संघर्ष गर्दै सबै काम आफै गर्नुहुन्थ्यो । कहिले पनि महसुस गर्न दिनुभएन कि दुख भन्ने के हो भनेर । मेरो आमा पहिले देखि नै दमको बिरामी हुनुहुन्थ्यो । तै पनि नसकेर भएपनी आफै सबै काम गर्नुहुन्थ्यो । कहिले पनि दुखको आभास हुन दिनुभएन ।

जब हामी २/३ बर्षका थियौ त्यतिबेला मेरो जुम्ल्याहा भाइ भगवानको प्यारो भयो रे आमा तपाईको मनमा के बित्यो होला । छोरालाई गुमाउनुको पीडा एउटी आमालाई मात्रै थाहा हुन्छ । सायद मेरो भाग्यमा दाजुभाइ अनि दिदीबहिनीको साथ र माया पाउन लेखेको थिएन होला । जो अहिले म सङ ती कल्पना गर्नु भन्दा अरु कुनै वर्णन गर्ने शब्द नै छैनन् । जहाँसम्म कि कस्तो भाग्यले थगेको म सम्झनामा हेर्नको लागि मसङ कुनै तस्बिर पनि छैनन् ।

आमा तपाईको लागि केही गर्छु भन्ने कति आशा अनि आकाङ्क्षाहरु थिए मेरा । आमा तपाईले लगाएका गुन त म कहिल्यै पनि तिर्न सक्दैन । आमाले लुताएको ममता अनि आमाले दिएको मायाको मोल कुनै तराजुमा त जोख्न सकिन्न तै पनि आमाको लागि केही गर्छु भन्ने समय जब आयो मेरो सामु मेरी आमा नै रहनु भएन । म भाग्यले थगेको मान्छे भनु कि कुनै जन्ममा गरेको पाप, म जस्तो भाग्यले ठगेको मान्छे सायद यो संसारमा कमि छन होला ।

आमा तपाईं जहाँ हुनुहुन्छ तपाईंको आत्मालाई शान्ती मिलोस । यदि मान्छेको देहान्त पछि फेरि पनि मान्छेको जुनि नै मिल्छ भने अर्को जुनिमा पनि तपाईकै सन्तान भएर जन्म लिन पाऊ ।

- मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'