सम्झनाको त्यो एकदिन

>
जब म निद्रा बाट बिउझिए
बिहानी पख भैसकेको थियो
ओछ्यान बाट उठेर म
नजिकै भएको
झ्यालबाट बाहिर चिहाएर हेरे
सुर्यको बिहानीको
त्यो लाली किरण
हल्का उदेको बादल अनि
उडिरहेका ती पन्छीहरु
साच्चिकै मेरो जीवनको
पहिलो दृश्यको क्षण
त्यो एक दिन

अनि सोच्न थाले
आज खुल्ला आकासमा रमाउनु पर्छ 'म'
फ्रेस भए अनि बाहिर तर्फलागे
बाहिर पुगे
हल्का-हल्का चलेको
मन्द-मन्द चिसो हावा
सङै
न्यानो अनुभवको सुर्यको ताप
चरीहरुको मीठो आवाज
घाँस दाउरा ल्याउन
जङ्गलतिर जाने मान्छेको चाप

हावाको बेग सङै आइरहेको
रंगीचंगी फुलहरुको आनन्दमय सुगन्ध
भर्खरै पलाएका गहुँ अनि
जौ का ती हरिया पालुवाहरु
अति नै मन नै लोभ्याउने
तलक्क तल्किरहेका ती
हिमालका दृश्यहरु

दिदीबहिनी, दाजुभाइहरु
गाग्री बजाउदै पधेरीमा संगीत भर्दैथिए
बुढा आमा बा'ले पून्य गर्न
पन्छीहरुलाई दाना छर्दैथिए
शिरमा नाम्लो अनि काधमा
डोकोको भारी बोकि
कुर्कुचा फुटाउदै बटुवाहरु
आफ्नो गन्तब्य खोज्दैथिए
म केवल हेरिरहेको थिए
नब स्पर्श अनि नयाँ उमंगको
यादगार त्यो छिन
त्यो एक दिन

मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'