स्वर्गकी परि उनि किन दाज्ने



स्वर्गकी परी तिमी किन दाँज्ने जुनसंग ।
उनको माया मीठो किन दाँज्ने गुनसंग ।।

मृगको झैं आखा उनको कोइली झैं बोली,
उनको मायालु बोली प्यारो किन दाँज्ने धुनसंग ।

साह्रै न्यानो माया गराई झन न्यानो अंगालोमा,
मेरी मायाको अंगालो प्यारो किन दाँज्ने ऊनसंग ।

अझैं राम्रो लाग्छ उनको सबैसंग मिल्ने बानी,
मेरी मायाको सबै प्यारो किन दाँज्ने सुनसंग ।

प्रकाशित: क्रान्तिकारी हातहरु संयुक्त गजल संग्रह - २०६७ पौष
- मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'