तिमीले मायाले हानेको हातलाई


तिमीले मायाले हानेको त्यो हातलाई कसरी भूलुँ ।
सँगै भैलो खेलेको त्यो रातलाई कसरी भूलुँ ।

भैलो खेल्दा जिस्कदै तिमीलाई चलाउँदै गर्दा,
हास्दै हान्न उचालेको त्यो लातलाई कसरी भूलुँ ।

नाच्दै गाउँदै भैलो खेल्दै गाउँ घर घुम्दा,
तिमीसँग गरेको त्यो वातलाई कसरी भूलुँ ।

जीवन भरी साथ दिन्छु भनि कसम खाएर,
मलाई माया गर्ने तिम्रो जातलाई कसरी भूलुँ ।

भैलो खेल्दा खेल्दै भोक लाग्थ्यो अति धेरै,
तिमीले दिएको जुठो भातलाई कसरी भूलुँ ।

प्रकाशित: क्रान्तिकारी हातहरु संयुक्त गजल संग्रह - २०६७ पौष
- मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'