यी दुखी आखाबाट आँसु


यी दुःखी आँखाबाट आँसु झरे हजुर ।
आँसुका खोलाहरु धेरै तरे हजुर ।।

कति रुनु यो आँखाहरु गलिसके,
कमजोरी भएर भुँइमै लडे हजुर ।

कही गरुलाँ भन्ने कति आशा थियो,
ती सबै आशाहरु पाशामा परे हजुर ।

दुःखी जीवन बिताएर बाँच्न सक्दिन,
यस्तो जीवन बिताउनु भन्दा त मरे हजुर ।

सुखतिर जान्छु भनि संघर्स गरेनी
भाग्यहरु दुःखतिर नै सरे हजुर ।

प्रकाशित: क्रान्तिकारी हातहरु संयुक्त गजल संग्रह - २०६७ पौष
- मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'